आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अनलाइन पोर्टल र मोबाइल एप्स शुुभारम्भ

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनलाईन बीमा लेख जारी गर्न सकिने गरी मोबाइल एप्सको आज शुभारम्भ गरेको छ ।

ग्राहकलाई छिटो र छरितो तरिकाबाट बीमा सेवा प्रदान गर्न कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष प्रविधिमैत्री बनाउन मोबाइल एप्सको शुरुवात गरिएको हो । मोबाइल एप्सको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा शुुभारम्भ गरे ।

इन्स्योरेन्सले हरेक क्षेत्रलाई समेट्दै निर्जीवन बीमाको क्षेत्रमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले कम्पनीको वेभसाईटमा अनलाइन पोर्टल र मोबाइल एप्समार्फत सो सेवाको शुभारम्भ गरेको हो । यस सेवामार्फत २४सैं घण्टा बीमा सेवा लिन सकिनेछ ।

jutta mela

बीमितले बीमा गरेको कुनैपनि सम्पत्तिको क्षति भएमा सो वापतको दाबी समेत मोबाइल एप्सको माध्यमबाट कम्पनीमा जानकारी समेत गराउन सक्नेछ । ग्राहकले आफ्नो दाबीको अवस्था के–कस्तो रहेको छ भन्ने बारेमा पनि सोही एप्सबाट जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।

प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले ग्राहकलाई प्रविधिमार्फत बीमा सेवा प्रदान गर्न र दुरदराजमा रहेका ग्राहकलाई समेत समेट्नका लागि कम्पनीले मोबाइल एप्सको माध्यमबाट सेवा सूचारु गरेकोमा धन्यवाद दिए ।

उनले शुरुमा प्रविधिका लागि लागत बढेपनि विस्तारै प्रशासनिक तथा अन्य खर्च कम भई समग्र बीमा क्षेत्रमा नै सकारात्मक सन्देश प्रवाह हुने, कम्पनीको व्यवसाय तथा नाफामा समेत बृद्धि हुने बताए । कम्पनीले मोबाइल एप्सको माध्यमबाट सेवालाई गुणस्तरीय रुपमा अगाडी बढाउन र बढी भन्दा बढी ग्राहकलाई जोड्नको लागि उनले शुभकामना दिएका छन् ।

सोही समारोहमा कम्पनीका अध्यक्ष हेमराज ढकालले हाल सूचना प्रविधिको तिब्र गतिमा विकास भइरहेको परिप्रेक्ष्यमा कम्पनीका ग्राहकलाई पनि प्रविधिको माध्यमबाट सहज सेवा प्रदान प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन सहज हुने र निर्जीवन बीमा क्षेत्रमा एक उत्कृष्ट बीमा कम्पनीको रुपमा स्थापित गर्ने लक्ष्य कम्पनीले लिएको जानकारी गराएका छन् ।

 

 

You might also like

Comments are closed.