काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु व्हीलर प्रायोजकको रुपमा टिभिएस एन्टर्क भित्रिएको छ ।
यस वर्षको मिस युनिभर्स नेपालको आवेदन खुल्ला भइसकेको छ भने ग्रान्ड फिनाले भदौको दोश्रो हप्तातिर हुने भएको छ । मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो ।
नेपालमा २०२० देखि शुरु भएको हो । यो वर्ष मिस युनिभर्स नेपालको आयोजना ग्लोबल ग्लामर भेन्चरले गर्दैछ भने प्रर्तिस्पर्धीलाई प्रशिक्षण प्रदान गर्न अन्तर्राष्ट्रिय इमेज कन्सल्टेन्ट एवम् पेजेण्ट कोच एलेक्जेन्डर गोन्जालेज लगायत अनुभवी व्यक्तिहरु नेपाल आउने कार्यक्रम रहेको छ ।
पछिल्ला दुई वर्षमा जस्तै मिस युनिभर्स नेपाल २०२२ मा उचाइ र तौलको मापदण्ड हुने छैन । समलैङ्गिक महिलाले समेत सहभागिता जनाउन पाउनेछन् । देश बाहिर रहेका अन्य नेपाली युवतीको निम्ति पनि आवेदन खुल्ला राखिएको बताइएको छ ।






Comments are closed.