सारथी केन्द्रले कोशेली घर सञ्चालन गर्ने

पोखरा । सारथी केन्द्रले पोखरामा कोशेली घर सञ्चालनमा ल्याउने भएको छ । केन्द्रले राष्ट्रिय स्तरको सृष्टि क्रियसन कोशेलीघर सञ्चालन गर्न लागेको हो ।

कोशेलीघरमा स्थानियस्तरमा उत्पादित हस्तकला, घरेलु तथा कृषिजन्य उत्पादन राखिने केन्द्रका अध्यक्ष शान्ती उदास श्रेष्ठले जानकारी दिए ।
कोशेलीघर सञ्चालनका लागि अहिले उत्पादनका नमुना सङ्कलन कार्य हुँदैछ । साना उद्यमीलाई आफ्नो उत्पादन सहित बिटुबि कार्यक्रममा सहभागी हुन केन्द्रका अध्यक्ष उदासले अनुरोग गरेका छन् ।

सङ्कलन भएको उत्पादनका नमुनाबाट उत्कृष्ट उत्पादनको कोशेलीघरमार्फत बजारीकरण गरिनेछ । कोशेलीघरले पोखरा घुम्न आएका पर्यटक तथा स्थानीय उत्पादन मन पराउनेका लागि उत्पादनहरु लक्षित गरेको छ ।

You might also like

Comments are closed.

Secret Link