एन आई सी एशिया बैंक २८ औँ वर्षमा प्रवेश

काठमाडौं । एन आई सी एशिया बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले २८ औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ ।

विश्वास र माया गरेर यो अवस्थामा ल्याउन सहयोग गर्ने ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी, सरोकारवाला लगायत सबैलाई बैंकले धन्यवाद दिएको छ । आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवम् सुविधा प्रदान गर्दै सरोकारवालाको पहिलो रोजाईको बैंक बन्ने अठोटका साथ बैंकले सेवा दिइरहेको छ ।

डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेकोमा आफ्नो भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जालबाट लाखौं ग्राहकमाझ गतिशील बैंकिङ पार्टनरको रुपमा सहकार्य गरेर काम भइरहेको छ ।

डिजिटल भुक्तानीलाई अझ सशक्त बनाएर वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्युन रहेका दुर्गम जिल्लामा समेत शाखा विस्तार गरी बैंकिङ सेवा देशको कुनाकुनामा पु¥याउन सफल बैंक बनेको छ ।

 

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.