काठमाडौं । एन आई सी एशिया बैंक र लिजा इन्टरप्राइजेज प्रालिबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरिएको हो । सम्झौतापछि यस बैंकका ग्राहकले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखामा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ्ग, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्क्वायर सेन्टर, महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ्ग, नारायणघाटस्थित जोशी भवन र वीरगञ्जस्थित रुङ्टा मलमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाबाट छुट सुविधा उपभोग गर्न सक्ने जनाइएको छ ।
ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । लिजा इन्टरप्राइजेजसँगको यस सहकार्यले ग्राहकलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
Comments are closed.