राष्ट्रबैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्ण पाठसहित)

काठमाडौं । नेपाल राष्ट्रबैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०/८१ को पछिल्लो छ महिनाको तथ्यांकमा आधारित भएर राष्ट्रबैंकले आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.२६ प्रतिशत रहेको राष्ट्रबैंकले जनाएको छ । आयात ३.१ प्रतिशत, निर्यात ७.२ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेकोछ ।

त्यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा २२.६ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.२७३ अर्ब ५२ करोडलेबचतमा छ ।

कुल विदेशी विनिमय सञ्चिति रु.१८१६ अर्ब ५७ करोड र अमेरिकी डलरमा १३ अर्ब ६९ करोड छ । नेपाल सरकारको खर्च रु.५६६ अर्ब ६२ करोड र राजस्व परिचालन रु.४९६ अर्ब ५० करोड छ । विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेकोछ ।

त्यसैगरी वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.६ प्रतिशतले बढेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत छ ।

https://drive.google.com/drive/u/0/my-drive?q=type:pdf%20parent:0AMQkVcOYtfOrUk9PVA

You might also like

Comments are closed.

Secret Link