काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै छ ।
बैंकले आज अपराह्न तीन बजेसम्म बोलकवोलको माध्यमद्वारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको छ ।जारी मिती भने कार्तिक १ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने बैंकले जनाएको छ ।
बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब २० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैयाँ बराबरको रहेका छन् ।
यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ कार्तिक २९ गते, २०७९ माघ तीन गते, २०८० बैशाख पाँच गते र २०८० असोज ३० गते तोकिएको र यि ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि यही असोज २४ गते पनि राष्ट्र बैकले १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
Comments are closed.