नेपाल टेलिकमको फोर जी सेवा बिस्तार

काठमाडौं । नेपाल टेलिकमले माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा फोर जी मोबाइल सेवा विस्तार गरेको छ ।
टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्प क्षेत्रलाई लक्षित गरी फोर जी मोबाइल सेवा विस्तार गरेको हो ।
कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले यस क्षेत्रमा फोर जि सेवा सञ्चालनमा ल्याएको छ । यसैगरी सो पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको टु जी मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि फोर जि सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।
समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाईमा रहेका कास्कीका मनमोहक पर्यटकीयस्थलहरु माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीयवासी, घुम्न आउने पर्यटक तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायी समेत नेपाल टेलिकमको फोर जि मोबाइल सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ ।
You might also like

Comments are closed.