नेपाल टेलिकमको फाइबर टु द होम सेवा थप

काठमाडौं । नेपाल टेलिकमले फाइबर टु द होम सेवा थप गरेको छ । ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा थप गरेको हो ।

टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम जडान अनुरोध दर्ता गर्ने देखि आफ्नो आवश्यकता अनुसारका फाइबर टु द होम सेवाका प्याकेजहरु परिवर्तन समेत गर्न सक्नेछन् ।

यसैगरी टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवाका ग्राहकका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा शुल्क प्रणाली बमोजिमका आधारभूत तथा प्रिमियम प्याकेज खरिद गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहर सब्सक्राइब्सन गर्नका साथै प्याकेज परिवर्तन पनि गर्न सक्ने बताइएको छ ।

यस सेवा सञ्चालनसँगै फाइबर टु द होम सेवाका प्याकेज परिवर्तनका लागि टेलिकमको काउन्टरसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भई ग्राहकको समय तथा श्रमको बचत हुने विश्वास कम्पनीको रहेको छ ।

 

 

You might also like

Comments are closed.