नेपाल टेलिकमले मनाङका विभिन्न स्थानमा नयाँ बीटीएस स्थापना गरी मोबाइल सेवाको सञ्चालनमा ल्याएको छ । यहाँका कतिपय स्थानमा गुणस्तर अभिवृद्धि कार्य सम्पन्न गरेको छ ।
गाउँपालिकाको विभिन्न वडामा ग्राहकको मागलाई ध्यानमा राख्दै शनिबार कम्पनीले फोरजी सेवा सञ्चालनमा ल्याएको छ । चामे गाउँपालिका–३ स्थित कोटोगाउँमा मोबाइल नेटवर्कको कभरेज रामो नभएको स्थानीय वासिन्दा तथा हाइड्रोपावर क्षेत्रमा काम गर्ने सयौँ ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ बीटीएस स्थापना गरी यही असोज १ देखि टुजी र फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको हो ।
यसैगरी नासोङ गाउँपालिका वडा नं.–१ तालगाउँमा टुजी र थ्रीजी सेवा प्रवाह हुँदै आएकोमा आजदेखि फोरजी सेवा थप गरी सञ्चालनमा ल्याइएको छ । यस स्थानमा थप गरिएको फोरजी सेवाको बीटीएसले लमजुङको उत्तरीखण्डको च्याम्चे क्षेत्रलाई समेत कभरेज गर्नेछ ।
मनाङका धेरै स्थानमा सेवाको स्तरोन्नतीका साथै नयाँ सेवा सञ्चालनमा आएसँगै नार्पाभूमी गाउँपालिका बाहेकका अन्य सम्पूर्ण पालिकामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवा पुगेको छ ।
नार्पाभूमीका नार र फू गाउँ तथा नासोङ गाउँपालिकाको भिम्थाङ कोठी गाउँमा भने V–SAT प्रणालीबाट सेवा सञ्चालन भइरहेको छ । नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ ।
Comments are closed.