विमानस्थलमा यात्रुलक्षित निःशुल्क इन्टरनेट सेवा

काठमाडौं । नेपाल नेपाल टेलिकमले विमानस्थलमा सर्वसाधारण यात्रुलक्षित गरी निःशुल्क इन्टरनेट सञ्चालनमा ल्याएको छ ।

टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रुलक्षित निःशुल्क इन्टरनेट सेवा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभारम्भ गरी सञ्चालन आएको छ ।

नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वाईफाई इन्टरनेट सेवाको शुभारम्भ गरेका हुन् । सो वाईफाई इन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान, VIP Lounge तथा प्रतिक्षास्थल लगायतका क्षेत्रमा रहेको छ ।

देशभर सञ्चालनमा रहेका ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रुलक्षित फ्रि इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।

सेवाको कभरेज रहेको स्थानमा SSID “NT-CAAN Free WiFi” SSID “NT-CAAN Free WiFi” भएको वाईफाईमा कनेक्ट गरेर निर्देशन पूरा गरी निस्शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिन्छ ।

 

You might also like

Comments are closed.