चित्लाङमा नेपाल टेलिकमको सेवा विस्तार

काठमाडौं । नेपाल टेलिकमले मकवानपुरको थाहा नगरपालिका चित्लाङमा एनटी फाइबर सेवाको विस्तार गरेको छ ।

थाहा नगरपालिका–९ मा अवस्थित स्वच्छन्द भैरव माध्यमिक विद्यालयमा मंगलबार टेलिफोन तथा इन्टरनेट सेवा सहितको एफटीटीएच सेवा सञ्चालन गरेसँगै यस क्षेत्रमा आधारभूत टेलिफोन तथा इन्टरनेट सेवाको सुरुवात भएको हो ।

ग्राहकको निरन्तर बढ्दो मागसँगै केही विद्यालय तथा अन्य संस्थाहरुमा एफटीटीएच जडानको प्रकृया अगाडि बढिसकेको छ ।

हाल Radio Backhaul  बाट सेवाको सुरुवात गरिएकोमा ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्न निकट भविष्यमा नै Fiber Backhaul बाट सेवाप्रवाह गरी टेलिफोन, इन्टरनेट तथा टेलिभिजन सेवासमेत विस्तार गर्ने योजना कम्पनीको रहेको छ ।

 

You might also like

Comments are closed.