पोखरा । हाम्रो परिवर्तन नेपालको सक्रियतामा पोखराको हस्पिटलचोकमा रहेको अस्थाई प्रहरी बिटको पुनर्निर्माण सम्पन्न भएको छ ।
बिटमा रहेका कोठाको छतबाट पानी चुहिन तथा ढलान खस्ने समस्या भएकाले पुनर्निर्माण गरिएको संस्थाका सचिव हरि कार्कीले जानकारी दिए । ५ लाख रुपैयाँ लागतमा बिट पुननिर्माण गरिएको समितिका उपाध्यक्ष बिनोद गौतमले बताए ।
पुनर्निर्माण गरिएको बिट आइतबार हस्तान्तरण गरिएको छ । हस्तान्त्रण कार्यक्रममा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले पुनर्निर्माणमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद तथा आभार व्यक्त गरे ।
पोखरा महानगरपालिका वडा नं १२ का अध्यक्ष रामबहादुर कार्कीले प्रहरी बिट पुनर्निर्माण गरिएकोमा खुसी व्यक्त गरे । हाम्रे परिवर्तन नेपालका अध्यक्ष डा ढाकाकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रम को संचालन पुर्नर्मिाण समितिका सचिव नारायणबहादुर अधिकारीले गरेका थिए ।
Comments are closed.