बिषम परिस्थितीमा सहयोगी बन्दै परिवर्तन नेपाल

पोखरा । कोरोना महामारी र निशेधाज्ञाकाबीच परिवर्तन नेपालले विभिन्न सामाजिक काम गर्दै आइरहेको छ । संस्थाले निःशुल्क रुपमा स्वाव संकलन गर्दै आईरहेको छ । अहिलेसम्म करिव ३ हजार जनाको स्वाव संकलन गरिसकेकोे सचिव हरि कार्कीले जानकारी दिए ।

आगामी दिनमा स्वाव संकलनको लागि कास्की बाहेक स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, लमजुङ लगायतका जिल्लमा पनि जाने संस्थाका अध्यक्ष अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले जानकारी दिए । स्वाव संकलनका लागि क्षेत्रिय स्वास्थ्य निर्देशनालयले स्विकृती प्रदान गरेको छ ।

कोरोना महामारीको बिषम परिस्थिती सकिएसँगै विकासका काममा पनि आफुहरु लाग्ने अध्यक्ष श्रेष्ठले बताए  । गण्डकी प्रदेशको विकास कसरी गर्न सकिन्छ भन्ने खाका संस्थाले तयार पारिसकेको र निकट भविष्यमा स्थानिय तहहरुलाई हस्तान्तरण गरिने सचिव कार्कीले बताए । संस्थाले विपन्न, अपांगता भएका, एकल महिला, सडकपेटीमा रहेका व्यक्तीलाई खाद्यान्य सहयोग पनि गर्दै आइरहेको छ ।

कार्यक्रममा सहकार्य गर्न चाहने संघ संस्था, व्यवसायी, तथा व्यक्तीमा सम्पर्कको लागि संस्थाले अपिल गरेको छ भने सहयोग गर्नेलाई आभार व्यक्त गरेको छ ।

संस्थामा डाक्टर तथा स्वास्थ्यकर्मी, प्राध्यापक एवं शैक्षिक व्यक्तित्व, इन्जिनियर, व्यवसायी, पर्यटन, कृषि लगायतका क्षेत्रमा आवद्ध व्यक्ति छन् । आवश्यकता अनुसार संस्थाले रचनात्मक तथा सृजनात्मक काम गर्दै आईरहेको छ ।

You might also like

Comments are closed.