पिपुल्स पावरको आइपीओ आजबाट सेयर कारोबारमा

काठमाडौं ।  पिपुल्स पावर लिमिटेडको आईपी ओनेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई आजबाट कारोबार भएको छ ।

नेप्सेमा आईपीओ सूचीकृत भएसँगै अब यो कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा आइतबारबाट कारोबारमा आउने भएको छ। कुनै पनि कम्पनीको आईपीओमा नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गरेको छ। तर, शुक्रबार र शनिबार कारोबार नहुनेभएकाले आजबाट यो कम्पनीको सेयर कारोबार आएको हो ।

नेप्सेमा यो कम्पनीको कुल ६३ लाख २६ हजार कित्ता आईपीओ सूचीकृत भएसँगै जसमा ३२ लाख २६ हजार कित्ता संस्थापक समूहको, २४ लाख ६७ हजार ४०० कित्ता सर्वसाधारणको र ६ लाख ३२ हजार ६०० कित्ता स्थानीयको रहेको छ।

नेप्सेले यो कम्पनीलाई पीपीएल कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता न्यूनतम ९४.९६ रुपैयाँदेखि अधिकतममा २८४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोेकेको छ।

यदि आइतबार स्पेसल प्रि-ओपन सेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबार खुल्नेछ। पिपुल्स पावरको गत साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म आईपीओ बिक्री गरेको थियो। यो आईपीओको बाँडफाँड भने भदौ १२ गते गरिएको थियो।

पिपुल्स पावरकोे आईपीओ प्रभु क्यापिटल लिमिटेडमार्फत बिक्री खुल्ला भएको थियो ।यसैबीच कम्पनीले रजिस्ट्रारसम्बन्धी कार्य गर्नका लागि लागि सेयर रजिस्ट्रारका रुपमा प्रभु क्यापिटल लिमिटेडलाई चयन गरेको छ।

सेयर रजिस्ट्रारका रुपमा प्रभु क्यापिटलले पिपुल्स पावरको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी, लाभांश तथा बोनस हितग्राहीको खातामा जम्मा गर्ने, सेयर रोक्कालगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने कार्यहरु गर्नेछ ।

You might also like

Comments are closed.