‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’ तनहुँका कुमारमोहनलाई

पोखरा । पोखरा फोटोग्राफर संघद्वारा संचालित ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’ तनहुँका फोटोग्राफर कुमारमोहन श्रेष्ठलाई प्रदान गरिने भएको छ । १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरा फोटोग्राफर संघ पोखरा, नेपालले बिहिवार एक कार्यक्रमका विच उक्त पुरस्कार घोषणा गरेको हो । गण्डकी प्रदेशभरीवाट आएका सिफारिशका आधारमा ११ जिल्ला मध्येवाट श्रेष्ठलाई छानिएको पुरस्कार छनोट समिती संयोजक राममणि पौडेलले जानकारी दिए ।

पुरस्कार राशि २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मानपत्र रहेको छ । पोखराका फोटोग्राफर गणेश छवि÷तिर्थ श्रेष्ठले पिता रामलाल श्रेष्ठ र माता श्रीमाया श्रेष्ठको सम्मानमा १ लाख ५५ हजार अक्षयकोष राखी स्थापना गरेको सो पुरस्कार प्रत्येक २ वर्षमा प्रदान गरिँदैआएको छ । फोटोग्राफी व्यवसाय तथा फोटो माध्यमबाट समाजमा उल्लेख्य योगदान दिने फोटोग्राफरलाई प्रदान गरिने सो पुरस्कारबाट यसअघि पोखराका अग्रज फोटोग्राफर विश्वरत्न शाक्य, नारायण बाटाजु , रमा राना र मदन सुब्वा सम्मानित भइसकेका छन् ।

पोखरा फोटोग्राफर संघका अध्यक्ष जनक तिवारीका अनुसार उक्त पुरस्कार आगामी साधारण सभामा प्रदान गरिने छ । श्रेष्ठ बिगत ५० वर्ष देखी फोटोग्राफी पेशामा लागीरही हाल सम्म पनि सम्झना फोटो दमौली संचालन गरिरहेका छन् । यति लामो इतिहास बोकेका फोटोग्राफरलाई पुरस्कारकालागि छनोट गर्न पाउदा फोटोग्राफरहरुको शिर उँचो भएको छनौट समिति सदस्य दुर्गा प्रसाद पौडेलले बताए ।

MANASLU

संस्थाका सचिव बिशु बरालले संचालन गरेको कार्यक्रममा नारायणहरी अधिकारीले स्वागत मन्तब्य राखेका थिए भने महिला समिति संयोजक शान्ती सुवेदी , आजिवन सदस्य भक्त तामाङ पुर्व अध्यक्ष तुलसीराम सुवेदी , पुर्व अध्यक्ष राम्जी थापा निर्वतमान अध्यक्ष रविनाथ दाहाल संरक्षक गणेश छविले आ आफ्नो भनाई राखेका थिए ।

You might also like

Comments are closed.