विद्युतीय सवारीलाई प्राथमिकता दिनुपर्छः प्रधानमन्त्री

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इलेक्ट्रिक सवारी साधनलाई प्राथमिकता दिइनुपर्ने बताएका छन् । उद्योगी व्यवसायीहरुसँग शुक्रबार आयोजित छलफलमा उनले अन्य सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापित गर्नुपर्ने धारणा राखे ।

बढ्दो प्रदुषणलाई मध्यनजर गरेर पनि विद्युतीय सवारीलाई प्राथमिकता दिइनुपर्ने उनको भनाइ छ । आयातलाई विस्थापित गरी उत्पादनमा जोड दिनपनि उनले उद्योगी व्यवसायीलाई सुझाव दिए ।

jutta mela

‘नेपालमा नै उत्पादन गर्ने कुरा गरौं । अत्यावश्यक कच्चा पदार्थ बाहिरबाट ल्याऔं र यहाँ उत्पादन गरौं,’ उनले भने, ‘अहिले भएका गाडी पनि २० वर्षपछि त चल्दैनन् । उद्योग उत्पादन गर्नुस न अहिल्यैदेखि । इलेक्ट्रिक गाडी उत्पादन गर्नुस न, रिप्लेस गर्दै जानुस न ।’

You might also like

Comments are closed.