पोखरा फाइनान्सद्वारा ८.५० लाभांश पारित

पोखरा ।   पोखरा फाइनान्स लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रतिसेयर ८.०७५ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ०.४२५ प्रतिशतका दरले नगद लाभांश गरी कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बोनस सेयर वितरण पश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी  १.०४ अर्ब पुगेको छ ।

साथै सभाले आ.व. २०७८/७९ को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने(मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्न लगायत प्रचलित नियम, कानूनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले जानकारी  दिए ।

पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको फाइनान्सले आफ्ना ग्राहकलाई  आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिदैं ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै सेवा प्रबाह गरिरहेको    जनाएको छ ।

You might also like

Comments are closed.