पोखरा लेडी जेसिजको जेसिज सप्ताह कार्यक्रम भदौ ४ गतेदेखि, यस्तो छ कार्यक्रम तालिका

पोखरा लेडी जेसिजको आयोजनामा जेसिज सप्ताह हुने भएको छ । भाद्र ४ गतेदेखी शुरु हुने जेसिज सप्ताह १० गतेसम्म चल्नेछ । बिहीबार भर्चुअल रुपमा परिएको पत्रकार सम्मेलन मार्फत सो जनाकारी गराइएको हो ।

सामाजिक रुपान्तरणका लागि समुदायलाई लक्षितगर्दै विभिन्न कार्यक्रम आयोजना गरिने पोखरा लेडी जेसिजका अध्यक्ष कमला शर्माले जानकारी दिइन् । कोरोना महामारीलाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि कार्यक्रम गरिने जेसिज सप्ताहका मुल संयोजक तथा कार्यकारिणी उपाध्यक्ष लक्ष्मी कुँवरले जानकारी दिइन् । विभिन्न अध्ययन गरेर आवस्यकता अनुशार कार्यक्रम ल्याइएको सचिव सुमित्रा कोइरालाले जानकारी दिइन् ।

सप्ताहको पहिलो दिन भाद्र ४ गतेपोखरा महानगरपालिका ३ मा प्रभावकारी भाषणकला तालिम संचालन गरिने कार्यक्रम संयोजक प्रमिला सुवेदीले जानकारी दिइन् । दोस्रो दिन भाद्र ५ गते विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगिता गरिने कार्यक्रम संयोजक सम्झना बस्नेतले जानकारी दिइन् । तेस्रो दिन भाद्र ६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामी कुरुवाका लागि कुर्चि तथा अन्य आवस्यक सामान प्रदान गरिने कार्यक्रम संयोजक विनिता सुवेदी जानकारी दिइन् । चौथो दिन युवा तथा व्यवसायी महिलालाई लक्षित गरि सकारात्मक सोच एवं जीवन परिवर्त तालिमको आयोजना गरिएको कार्यक्रम संयोजक गिता ढुङ्गानाले जानकारी दिइन् ।

MANASLU

त्यसैगरी पाचैं दिन गरिव तथा असाहाय वर्गलाइृ लक्षित गरि खादँनइ तथा अति आवस्यक सामग्री प्रदान गर्ने कार्यक्रम संयोजक सुभद्रा बरालले जानकारी दिइन् । छैटौं दिनमा मन्टेश्वरीका बालबालिकालाई लक्षित गरि चित्रकला प्रतियोगिता हुनेछ । जसको संयोजक रिना पौडेल रहेकी छन् । अन्तिम दिन मादी गांउपालिका ५ मा रहेको मादीबेशी भद्रकाली मन्दिरमा आवस्यक सामग्री हस्तान्तरण गरि कार्यक्रम समापन गरिने कार्यक्रम संयोजक लिलावती पनेरुले जानकारी दिइन् । ,

You might also like

Comments are closed.