पोखरा महानगरपालिकाले ०७७/०७८ नीति तथा कार्यक्रममा सहकारी सम्वन्धि लिएको नीति तथा कार्यक्रम

पोखरा । हाल सञ्चालनमा रहेका सहकारीहरुको सवलीकरण गरी स्थानीय स्तरमा संकलित पुँजीलाई उत्पादन तथा उद्यम विकासमा परिचालन गर्न महानगर, सहकारी तथा नगरावासीहरुको संयुक्त लगानीमा महानगरस्तरीय विशिष्ठीकृत संघ तथा वडा स्तरमा उद्योगहरु सञ्चालन गर्ने र आगामी वर्ष सहकारी वैकको स्थापना संभाव्यता अध्ययन गर्न अध्ययन कार्यदलको गठन गरिने पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

`सहकारी शाखालाई सवलीकरण गरी उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रसँग अन्तरसम्बन्धित गरिने छ । सबै नागरीकहरुलाई सहकारीमा आवद्ध गर्न कार्यक्रमहरु सञ्चालन गरिनेछ´ उल्लेख छ ।

महानगरपालिकामा सञ्चालित व्यवसायहरुको सुरक्षा तथा विकास गर्न, व्यवसायी र समुदायको सम्बन्ध सुमधुर बनाएर सुरक्षित व्यावसायिक वातावरण निर्माण गर्न व्यवसायहरुको अभिलेखीकरण गर्न प्रोत्साहन गरिनेछ भनिएको छ ।

सहकारी संस्थाहरु
अर्थतन्त्रको महत्वपुर्ण खम्वा मानिएको सहकारी क्षेत्रले स्थानिय सतरमा पुँजी संकलन र परिचालन गर्न महत्वपुर्ण भुमिका खेलिरहेको छ । महानगरपालिकाले महानगरवासी र सहकारीको सहकार्यमा उद्यम विकास, रोजगार सृजना र आयआर्जनको लागि कार्यक्रम संचालन गर्नेछ ।

You might also like

Comments are closed.