४२ ज्येष्ठ सदस्यलाई पेन्सन वितरण

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ सदस्यलाई पेन्सन वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत संस्थाका ४२ जना ज्येष्ठ सदस्यलाई जनही रु.५ हजारका दरले पेन्सन वितरण गरिएको हो ।

संस्थामा आवद्ध ७५ वर्षदेखि १०० वर्ष सम्मका सदस्यलाई एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गले नगद रकम हस्तान्तरण गरिन् । पोखरा रोयल सहकारी र रोयल फाउण्डेसनद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रमको उद्घाटन १०० वर्ष उमेर पुगेका ज्येष्ठ सदस्य सारजंग गुरुङ्गले गरेका हुन् ।

वार्षिक रुपमा वितरण हुने पेन्सन रकम रोयल फाउण्डेसनको सहकार्यमा वितरण गरिएको हो । रोयल फाउण्डेसन संस्थाका सदस्यहरु सम्मिलित सामाजिक संस्था हो । यस संस्थाले सहकारी संग समन्वय गर्दै सुत्केरी स्याहार खर्च, दैवी प्रकोप राहत, स्वास्थ्य उपचार खर्च, पेन्सन सुविधा र सदस्यहरुको मृत्यू भएका अवस्थामा निजका परिवारलाई मृत्यू राहत समेत प्रदान गर्दै आइरहेको छ ।

संस्थाले विगत ७ वर्षदेखि नियमित रुपमा राहत तथा सहयोगको कार्यक्रम सञ्चालन गर्दै आएको सहकारीका सूचना अधिकारी मीलन ढकालले बताए ।

यसैबीच रोयल फाउण्डेसनको ५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाउण्डेसनको आगामी २ वर्षे कार्यकालको लागि केशवप्रसाद ढकाललको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।

समितिको उपाध्यक्षमा हर्क गुरुङ्ग, सचिव केदारनाथ पोखरेल, कोषाध्यक्ष भीम गुरुङ्ग, सहसचिव सूर्यमोहन ढकाल र सदस्यहरुमा उमा परियार, खिमकुमारी गुरुङ्ग, सरिता अधिकारी, दुर्लव थापा, मोहनराज वि.क.र उमनाथ आचार्य रहेका छन् ।

lcci
You might also like

Comments are closed.