प्रभु बैंकका ग्राहकलाई अब होटल मुस्ताङ ताज एण्ड थकाली किचेनमा १० प्रतिशत छुट

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले मुस्ताङस्थित होटल मुस्ताङ ताज एण्ड थकाली किचेनमा १० प्रतिशत छुट पाउने भएका छन् ।

प्रभु बैंक लिमिटेड र मुस्ताङ स्थित होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका बीच फुड, वेभरेज र लजिङ  सेवाहरुमा १० छुट प्रदान गर्ने सम्झौता भएको हो ।

प्रभु बैंक र उक्त होटलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकले होटल मुस्ताङ ताज एण्ड थकाली किचेनद्धारा सञ्चालित फुड, वेभरेज र लजिङ सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने भन्ने बैंकले विश्वास लिएको छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका तर्फबाट प्रोप्राइट योगेश शेरचनले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापछि होटल मुस्ताङ ताज एण्ड थकाली किचेनमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको सम्झौतामा उल्लेख गरिएको छ ।

You might also like

Comments are closed.