प्रिमियर स्कुलद्वारा ललितपुरका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

ललितपुर । प्रिमियर इन्टरनेशनल आई बी वल्र्ड स्कुल सातदोबाटो खुमलटारले विद्यालय साझेदारी शीर्षक अन्तर्गत ललितपुर महानगरपालिकाका आधारभूत विद्यालयहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । शिक्षा ऐनमा गरिएको व्यवस्था अनुसार वि. सं. २०७७ सालमा विशिष्ट श्रेणी प्राप्त गर्न सफल बुधबार एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरेको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त थापाको सभापतित्वमा आयोजना गरिएको कार्यक्रमबीच सामग्री हस्तान्तरण गरिएको छ । उक्त अवसरमा बोल्दै नगरप्रमुख चिरीबाबु महर्जनले शैक्षिक राजधानीका रुपमा स्थापित ललितपुर महानगरपालिका भित्रका विद्यालयले सञ्चालन गर्ने यस्ता किसिमका गतिविधिले महानगरपालिकाको शीर उच्च बनाएको बताए । ‘आगामी दिनमा अरु स्कुलका लागि पनि यो कार्य प्रेरणादायी हुने विश्वास लिएको छु,’ उनले भने । प्रिमियर स्कुल छिर्दा अन्तराष्ट्रियस्तरको झझल्को दिने विद्यालयका रुपमा पाउदा आफू अत्यन्तै हर्षित भएको उनले बताए ।

स्कुलका अध्यक्ष वसन्त थापाले कार्यक्रम शुरुवात मात्र भएको र आगामी दिनमा अझ थप कार्यक्रमहरु विद्यालयले ल्याउदै जाने प्रतिवद्धता व्यक्त गरे । उक्त अवसरमा बोल्दै विद्यालयकी निर्देशिका पवित्र लिम्बुले विद्यालय साझेदारी शीर्षक अन्तर्गत विद्यालयले गर्ने आगामी कार्यक्रमहरुको बारेमा प्रकाश पारेकी थिइन् ।

jutta mela

कार्यक्रममा ललितपुर महानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत नवराज रिजालले विशिष्ट श्रेणी कायम गरिएका विद्यालयद्वारा सामुदायिक विद्यालयसँग सहकार्य गरि बालकेन्द्रित अभ्यास सम्वन्धि क्षमता विकास गर्नका लागि आवश्यक शिक्षक तालिम, शैक्षिक सामग्री तथा अन्य शैक्षिक क्रियाकलापले शैक्षिक गुणस्तर वृद्धि गर्नमा सहयोग पुग्ने बताए । यस्तो कार्यमा अग्रसर भइ महत्वपूर्ण भूमिका निर्वाह गरेकामा स्कुल परिवारप्रति उनले धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा बोल्दै ललितपुर प्याव्सनका अध्यक्ष निरोज महर्जनले निजीस्तर र सामुदायिक स्तरका विद्यालयबीचमा सहकार्य हुनुपर्ने बताए । यस्ता कार्यक्रमले विद्यालय शिक्षाको गुणस्तरमा वृद्धि गर्ने उनको भनाइ छ ।

कार्यक्रममा प्रदान गरिएका शैक्षिक सामग्रीहरुले आधारभूत विद्यालयलाई प्रविधिमैत्री बनाउन शुरुवात गर्ने र समग्र सार्वजनिक शिक्षा प्रणालीलाई सुधार गर्दै बालबालिकाको शैक्षिक गुणस्तर वृद्धि हुने अपेक्षा महानगरपालिकाले राखेको ललितपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्र क्षेत्रीले प्रष्ट पारे ।

प्रमुख कार्यकारी अधिकृत राजेश शर्माले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा अभिभावक, पत्रकार, शिक्षकहरुको उपस्थिति थियो ।

ललितपुर जिल्लाका आधारभूत विद्यालयहरु श्री चोईना विना गुरुगणेश लोहाचोक, श्री बाखेल कुमारी फर्सीडोल, श्री ललितकल्याण केन्द्र भोलढोका, श्री चुनिदेवी शिक्षा मन्दिर चुनिखेल, श्री मिननाथ आदर्श शिक्षा सदन टंगाल, श्री बालकुमारी सैंबु, श्री सचेतना धोविघाट र श्री मोतिविनायक ढोलाहिटीलार्ई एक एक थान कम्प्युटर र प्रिन्टर प्रदान गरिएको थियो ।

You might also like

Comments are closed.