युवा उद्यमी एवं शिक्षासेवी राजन श्रेष्ठ कांग्रेसमा प्रवेश

काठमाडौं । युवा उद्यमी एवं शिक्षासेवी राजन श्रेष्ठ नेपाली काँग्रेस प्रवेश गरेका छन् । शुक्रबार एक कार्यक्रमबीच श्रेष्ठलाई कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीमा स्वागत गरे ।

श्रेष्ठ लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय छन् । युवा उद्यमी श्रेष्ठ लोकप्रिय व्यक्तिहरु मध्येमा पर्छन् । सामाजिक क्षेत्रमा समेत सक्रिय श्रेष्ठले अब काँग्रेस मार्फत राजनीतिक क्षेत्रमा सक्रिय हुने बताए ।

गगन थापाको नेतृत्वदायी व्यक्तित्व, उदार लोकतान्त्रिक विचार, समाज तथा देश विकासका लागि तय गरेको विभिन्न मिसन तथा भिजनहरुले नै आफूलाई काँग्रेस पार्टीप्रति आकर्षिक गरेको उनले बताए ।

jutta mela

गगन थापासँग नजिक रहेर काम गर्ने बताउदै श्रेष्ठले सामाजिक तथा आर्थिक विकासका लागि पनि राजनीति आवश्यक रहेको धारणा राखे ।

पार्टी प्रवेश कार्यक्रममा श्रेष्ठसहित सयौं युवाहरु काँग्रेस प्रवेश गरेका छन् ।

You might also like

Comments are closed.