स्तरीय उत्पादनलाई प्राथमिकतामा राख्छौंः बराल

रामचन्द्र बराल, प्रवन्ध निर्देशक, लव–कुश डेरी

पोखराको सिर्जनाचोकमा सञ्चालित लव–कुश डेरी उद्योगले आफ्ना उत्पादन कास्की, तनहुँसहित वरपरका जिल्लाका बजारमा बिक्री वितरण गरिरहेको छ । उद्योगले लव–कुश फ्रेस मिल्क ब्राण्डबाट दूध बिक्री गरिरहेको छ । लव–कुश ब्राण्डको आइसक्रिम र दही पनि बजारमा लोकप्रिय छ ।

उद्योगको मुख्य बजार पोखरा हो । लेखनाथ लगायत आसपासका बजार तथा तनहुँको खैरैनीटार, दुलेगौंडा, लगायतमा स्थानमा लव कुशका उत्पादन पुग्ने गरेको छ । स्वच्छ र ताजा डेरीजन्य उत्पादन बजारमा पठाउन लव–कुश डेरी सफल छ । लव–कुश डेरीबाट उत्पादित चोकोबार, चिज, पब्स, पनिर पनि लोकप्रिय छन् ।

jutta mela

दैनिक १० हजार लिटर उत्पादन क्षमता रहेको उद्योगबाट दैनिक करिब ६ हजार लिटर दूध तथा दही उत्पादन हुँदै आइरहेको छ । बजारको माग बढेमा उत्पादन बढाउन सक्ने क्षमता छ । उद्योगले चितवन र नवलपरासीबाट दूध संकलन गरेर ल्याउने गरेको छ । आधुनिक प्रविधिको मेसिनबाट पास्चराइज गरेर दूध बजारमा पठाउँछौं ।

लव–कुशबाट उत्पादित घ्यु पोखरामा सबैभन्दा लोकप्रिय छ । उद्योगले करिब ५० जनालाई रोजगारी दिन सफल छ । करिब ६ सय भन्दा बढी पसलहरुबाट डेरीका उत्पादन बिक्री भइरहेका छन् । पछिल्लो समय डेरीहरु बढेकाले र खुल्ला रुपमा दूध बिक्री बढेकाले प्रतिस्पर्धा बढेको छ । बजारमा प्रतिस्पर्धा गर्नसक्ने गरी स्तरीय उत्पादन बजारमा पठाइरहेका छौं ।

 

You might also like

Comments are closed.