पोखरा । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, मानार्थ सदस्य तथा सल्लाहकार रमेश कर्माचार्यकोे निधनमा संघले दुःख व्यक्त गरेको छ । काठमाडौंको निदान अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो ।
२०१३ साल असोज २१ गते पोखराको रानीपौवामा जन्मिएका कर्माचार्य संघको साधारण सदस्य, २०४७ सालमा कार्यसमिति सदस्य, २०५३–२०५५मा उपमहासचिव, २०५७–२०५९मा महासचिव हुँदै २०५९ देखि २०६१ सालमा अध्यक्ष भएका थिए । ‘संघका विभिन्न पद तथा अध्यक्ष रहँदा होस् वा संघद्धारा संचालित बालश्रम न्यूनीकरण कार्यक्रमको संयोजकको रुपमा रहेर लामो समयसम्म काम गर्दा नै किन नहोस्, उहाँले संघको गरीमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो,’ संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘हाल संघको सल्लाहकारको रुपमा क्रियाशिल कर्माचार्यको निधनबाट संघलाई अपूरणीय क्षति भएको छ भने हामीले हाम्रा अभिभावक एवं कर्मशील व्यवसायी तथा समाजले एक असल समाजसेवी गुमाएको छ । पोखरा, रानीपौवाको पुरानो व्यावसायिक घरानाको सदस्यको रुपमा व्यावसायिक क्षेत्रमा प्रवेश गर्नुभएका कर्मचार्यको समुन्नत र आधुनिक पोखरा बनाउने अभियानमा समेत ठूलो योगदान रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
संघद्वारा जारी शोक विज्ञप्ति
पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष, मानार्थ सदस्य तथा सल्लाहकार रमेश कर्माचार्यकोे २०७८ साल जेठ १३ गते बिहान ३ः२० बजे काठमाडौंको निदान अस्पतालमा भएको असामयिक निधनले हामी स्तब्ध, मर्माहत एवं शोकाकुल भएका छौं ।
२०१३ साल असोज २१ गते पोखराको रानीपौवामा जन्मनु भएका कर्माचार्य संघको साधारण सदस्य, २०४७ सालमा कार्यसमिति सदस्य, २०५३–२०५५मा उपमहासचिव, २०५७–२०५९मा महासचिव हुँदै २०५९ देखि २०६१ सालमा अध्यक्ष रहनु भएको थियो । संघका विभिन्न पद तथा अध्यक्ष रहँदा होस् वा संघद्धारा संचालित बालश्रम न्यूनीकरण कार्यक्रमको संयोजकको रुपमा रहेर लामो समयसम्म काम गर्दा नै किन नहोस्, उहाँले संघको गरीमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
हाल संघको सल्लाहकारको रुपमा क्रियाशिल कर्माचार्यको निधनबाट संघलाई अपूरणीय क्षति भएको छ भने हामीले हाम्रा अभिभावक एवं कर्मशील व्यवसायी तथा समाजले एक असल समाजसेवी गुमाएको छ । पोखरा, रानीपौवाको पुरानो व्यावसायिक घरानाको सदस्यको रुपमा व्यावसायिक क्षेत्रमा प्रवेश गर्नुभएका कर्मचार्यको समुन्नत र आधुनिक पोखरा बनाउने अभियानमा समेत ठूलो योगदान रहेको छ । लियो तथा लायन्स क्लबसँगको आवद्धता एवं नेतृत्व, तत्कालीन हिमचुली विकास बैंक (हालको लुम्बिनी विकास बैंक) स्थापना गर्दाको उहाँको तत्परता र सम्वद्धताका साथै विभिन्न संघ÷संस्थाको नेतृत्वदायी भूमिका पोखराको लागि सदा स्मरणीय रहने छ भन्ने हाम्रो विश्वास रहेको छ । स्वर्गीय कर्माचार्यका श्रीमतीसहित २ जना सुपुत्र रहनु भएको छ ।
अभिभावक तथा संघका पारिवारिक सदस्य गुमाउँदाको पीडा हामी शब्दमा वर्णन गर्न असमर्थ छौँ ।दुःखको यो घडीमा पोखरा उद्योग वाणिज्य संघ सचिवालयमा रहेको झण्डा आधा झुकाएर ससम्मान श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको देहमुक्त आत्माको चीरशान्तिको कामनाका साथै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।
………………….
सुरेन्द्रमान विजुक्छे
महासचिव





Comments are closed.