जलेश्वरनाथ मन्दिरको विकासका लागि सक्दो पहल गर्छुँ : मन्त्री झाँक्री

जलेश्वर ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महोत्तरी सदरमुकामस्थित जलेश्वरनाथ महादेव मन्दिरको विकासका लागि सक्दो पहल गर्ने बताएकि छिन् । उनले बुधबार मन्दिरमा पूजाअर्चना गर्दै मन्दिरको जीर्णोद्वारका लागि पहल गर्ने बताईन् ।

jutta mela

जलेश्वरनाथ मन्दिरमा टुटे, भत्केका संरचनाको पुनःनिर्माणलगायत काममा आफ्नो भरपुर सहयोग रहने मन्त्री झाँक्रीले आश्वासन दिईन् ।

उनलाई महादेव मन्दिरमा जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रले माला र गमछा लगाएर स्वागत गरेका थिए । मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले मन्त्री झाँक्रीलाई पूजामा सहयोग गरेका थिए ।

You might also like

Comments are closed.