दुई करोडसम्मको कर्जा पुर्नसंरचना र पुर्नतालिकिकरण गरिने

काठमाडौं– राष्ट्र बैंकले साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरणगर्न कर्जाको पुर्नसंरचना पुर्नतालिकिकरण गर्न परिपत्र गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको रु. २ करोडसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा पुर्नसंरचना पुर्नतालिकिकरण गरिने भएको हो ।

राष्ट्र बैंकका अनुसार उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी एक पटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असूल उपर गरी विभिन्न शर्तहरुको अधीनमा रही कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न सकिनेछ ।

यस्तो पुर्नतालिकीकरण वा पुनरसंरचना २०८० असार मसान्तभित्र गरिसक्नु पर्नेछ । यसरी पुर्नतालिकीकरण वा पुनरसंरचना गर्दा २०७९ पुसमसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको हुनुपर्नेछ ।
त्यस्तै पुर्नतालिकीकरण÷पुनरसंरचना गरिएकाकर्जाहरुलाई असल वर्गमा वर्गी करण गरी १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ ।

You might also like

Comments are closed.