नवनियुक्त अधिकृतलाई पूर्ण सेवाकालिन तालिम सुरु

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त अधिकृतलाई पूर्ण सेवाकालिन तालिम सुरु गरेको छ ।

बैंकले बिहिवारदेखि काठमाडौंमा ११७ जना नवनियुक्त अधिकृतलाई १४ दिने तालिम सञ्चालन गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनालले तालिम उद्घाटन गर्दै प्रतिस्पर्धी बजारमा बैंकले लिएको उद्धेश्य कार्यान्वयनमा जनशक्तिको भूमिका महत्वपूर्ण हुने बताए । जनताको ठुलो विश्वास बैंक प्रति रहेको हुँदा व्यवसायीक ढङ्गबाट कार्य गर्ने सोँच बनाउनुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खनालले नवनियुक्त सहायक प्रबन्धक, उपप्रबन्धक, प्रबन्धक र बरिष्ठ प्रबन्धक तहका ११७ जना अधिकृतलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ समेत गराएका छन् ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त अधिकृत कर्मचारीलाई बधाई तथा शुभकामना दिएका छन् ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतरु पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, रामकुमार थापा र तालिम तथा सिकाई विकागका विभागीय प्रमुख पद्य्मा लक्ष्मी जि.सी., कर्मचारी लगायत सहभागी रहेको बैंकले जनाएको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ सेवा रहेको छ ।

 

 

You might also like

Comments are closed.