राष्ट्रिय वाणिज्य बैंक ५६औं वर्षमा, मोबाइल बैंकिङ ग्राहक १३ लाख

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक शनिबारबाट स्थापनाको ५६औं वर्षमा प्रवेश गरेको छ । सेवाको ५६औं वर्ष प्रवेशको अवसरमा बैंकले ग्राहकवर्ग, नियमनकारी निकाय, शेयरधनी, कर्मचारी एवं शुभेच्छुकहरूमा हार्दिक आभार व्यक्त गरेको छ । बैंकले आगामी दिनहरूमा थप गुणस्तरीय, आधुनिक, दीगो एवं विश्वसनीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कुनैबेला २२ अर्ब रुपैयाँसम्मले नकारात्मक नेटवर्थ भएको यो बैंकले पछिल्लो समय निकै प्रगति गर्न सफल छ । बैंकले अहिले ५ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । बैंकिङ सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउँदै अगाडि बढेको राष्ट्रिय वाणिज्य बैंकले सामाजिक उत्तरदायित्व बहनलाई पनि प्राथमिकतामा राखेको छ ।

कुल निक्षेप २ खर्ब ४२ अर्ब रुपैयाँ रहेको बैंकले १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । २४५ वटा शाखा सञ्जालसहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकमा ३ हजार ६ सय ३५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

jutta mela

३२ लाख सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गर्न सफल बैंकको एटिएम सञ्जाल २०५ छ । मोबाइल बैंकिङ ग्राहक १३ लाख पुगिसकेका छन् ।

You might also like

Comments are closed.