रिलायन्स फाइनान्सको मुद्दति बचतमा आकर्षक ब्याजदर

 

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले मुद्दति बचतमा आकर्षक ब्याजदर दिने भएको छ। एक वर्षे मुद्दति खातामा फाइनान्सले १२ दशमलव १५ प्रतिशत ब्याजदर दिने भएको छ ।

साथै अन्य बचत खातामा पनि फाइनान्सले आकर्षक ब्याजदर प्रदान गर्दै आएको छ । यसै क्रममा बचतकर्तालाई लक्षित गर्दै फाइनान्सले प्लाटिनम सेभिङ खाताको सुरूवात गरेको छ । यो खातामा बचत गर्दा ८.५ को उच्चतम ब्याजदर प्रदान गर्नेछ ।

काठमाडौंको प्रदर्शनी मार्गमा मुख्य कार्यालय रहेको फाइनान्सले देशभर २१ शाखाबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

lcci
You might also like

Comments are closed.