‘संस्कार विनाको सभ्यता, खुसी र समृद्धि अर्थहिन हुन्छ’

आरबि अधिकारी, प्रिन्सिपल, राइजिङ स्टार सेकेन्डरी स्कुल/कलेज

काठमाडौंको बाफलमा ४३ वर्ष अगाडि स्थापना भएको राइजिङ स्टार सेकेन्डरी स्कुल समय सापेक्ष रुपमा परिस्कृत र परिमार्जन हुँदै अगाडि बढिरहेको छ । स्कुलसँगै एक कलेज पनि सञ्चालनमा छ । प्लस टु र ब्याचलरमा म्यानेजमेन्ट अध्ययनका लागि कलेज लोकप्रिय बनिरहेको छ । यसैक्रममा कलेजका प्रिन्सिपल आरबि अधिकारीसँग आर्थिक आवाजले गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौं :

राइजिङ स्टार सेकेन्डरी स्कुल र राइजिङ स्टार कलेज अफ म्यानेजमेन्टको शुरुवात कसरी भयो ?

४३ वर्ष अगाडि प्राइमरी एजुकेसनबाट राइजिङ स्टार स्कुलको शुरुवात भएको हो । राइजिङ स्टार सेकेन्डरी स्कुल र कलेज अफ म्यानेजमेन्टको आफ्नो छुट्टै इतिहास छ । हामीले प्लस टु र ब्याचलरसम्मको अध्यापन गराइरहेका छौं । संस्कारसहितको आधुनिक शिक्षा विद्यार्थीलाई प्रदान गर्ने उद्देश्यले विद्यालय संचालन शुरु भएको हो । शिक्षामार्फत संस्कारसहितको आधुनिकतालाई जोडिरहेका छौं ।

jutta mela

विद्यार्थीले राइजिङ स्टार नै किन रोज्ने ?

विद्यार्थी र अभिभावकलाई हामीले सन्तुष्ट बनाएका छौं । बजारमा हाम्रा विद्यार्थीको उपस्थितिले पनि हामीले गुणस्तरीय तथा समय सापेक्ष शिक्षा प्रदान गरिरहेका छौं भन्ने प्रमाणित हुन्छ । राइजिङ स्टार स्कुल र कलेजमा आउँदा विद्यार्थी तथा अभिभावकले फरकपन महसुस गर्नुहुनेछ ।
अहिले हामीले विद्यालय तहमा पढाएका विद्यार्थी करिव १० देखि १५ वर्षपछिको नेपाली समाजमा प्रतिश्पर्धा गर्नुहुन्छ । त्यतिवेलाको जब मार्केटको प्रतिश्पर्धालाई आँकलन गरेर सोही अनुसारको शिक्षा प्रदान गरिरहेका छौं । अहिले बजारमा रहेका काम तथा अवसरको करिव ५० प्रतिशत अबको १५ वर्षपछिको बजारमा रहदैंनन् । नयाँ काम र अवसरको शुरुवात हुन्छ । त्यो खालको क्वालिटी अहिले नै विकास गरिरहेका छौं । आधुकिता मात्र नभई अति आधुनिकतातर्फ जानु आवश्यक छ ।
संस्कार विनाको आधुनिकताले मानव सभ्यतालाई ध्वस्त पार्छ । शिक्षाले मासिनलाई सभ्य, संस्कारी, खुसी, समृद्ध हुनका लागि सहयोग गर्नुपर्छ । संस्कार विनाको सभ्यता, खुसी र समृद्धि अर्थहिन हुन्छ । विद्यालयमा पारिवारिक वातावरणको महसुस गर्न सक्नुहुनेछ । विद्यार्थी, अभिभावक र शिक्षकलाई जोड्नका लागि विभिन्न कार्यक्रम गर्छौं भने अभिभावलाई सचेत तथा सजग बनाउन पनि विभिन्न कार्यक्रममा सहभागी गराउछौं ।

औपचारिक शिक्षासँगै विद्यार्थीका लागि के–कस्ता क्रियाकलाप संचालन हुने गरेका छन् ?

विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेका छौं । चित्रकला, नृत्य, म्युजिक, खेलकुदका विभिन्न गतिविधी संचालन गर्छौं । हामीले कलेजलाई अब्बल बनाउन म्यानेजमेन्टमा नै फोकस गर्नुपर्छ । हामी राम्रो हुनका लागि पनि हामीले विद्यार्थीलाई राम्रो बनाउनुपर्छ । हामीले कोर्षमा मात्र फोकस गर्दैनौं । किन अध्ययन गर्ने भन्ने कुरालाई हामी खोज्छौं । विद्यार्थीको करियरलाई पढाइसँग कसरी जोड्ने र पढाईलाई जीवन र समाजसँग भन्ने खालका विभिन्न सफ्ट स्किल्स प्रोग्राम गर्छौं । जागिर खाने भन्दापनि जागिर दिने पहिलो पाटो हो भनेर हामी सिकाउछौं ।

म्यानेजमेन्ट अध्ययनका लागि राइजिङ स्टार किन उपयुक्त छ ?

शुरुवादेखि नै राइजिङ स्टारलाई म्यानेजमेन्ट कलेजको रुपमा अगाडि बढाइरहेका छौं । वर्तमान परिस्थितिलाई हेर्ने हो भने म्यानेजमेन्टको क्षेत्र फराकिलो छ । सबैभन्दा धेरै प्रगति हाँसिल गर्ने क्षेत्रका रुपमा पनि म्यानेजमेन्टलाई लिन सकिन्छ । अझैपनि साइन्स पढ्ने डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्ने मानसिकता छ । म्यानेजमेन्टको महत्वलाई इग्नोर गरेको पाइन्छ । सुरुवातदेखि नै म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीका लागि फस्ट च्वाइस बनिरहेको छ । म्यानेजमेन्टलाई हामीले सिंगल च्वाइसका हिसाबले म्यानेज गरिरहेका छौं । म्यानेजमेन्ट अध्ययन गरिरहँदा विद्यार्थीले त्यहाँ भएका पोटेन्सियल्सलाई फाइन्ड आउट गर्नसक्ने वातावरण बनाएका छौं । हामीले सुरुवातदेखि नै म्यानेजमेन्टलाई नै अगाडि बढाएका छौं र यस अन्तर्गतका विभिन्न बिषय अध्यापन गराइरहेका छौं ।

जसले पहिला आफ्ना छोराछारी राइजिङ स्टारमा पढाउनुभएको छ वहाँहरुले पछिपनि राइजिङ स्टार नै खोज्नुहुन्छ । हाम्रोमा अध्ययन गर्नुभएका विद्यार्थीले आफ्ना भाइ बहिनीलाई पनि ल्याउने गर्नुभएको छ । यहाँ आउनुभएका विद्यार्थी असंस्कारी बन्नतर्फ जानुुहुन्न ।हामीसँग नेपाल फाउण्डेसन फर इन्टरप्रेनरसिप फाउण्डेसन पनि छ । यसले विद्यार्थीलाई जागरुक गराउँछ । वरियन्ट गराउँछ । अब्बल र निडर विद्यार्थीका लागि सिड मनिको व्यवस्था पनि गरिरहेका हुन्छौं । सिए अध्ययन गर्न चाहने विद्यार्थीका लागि प्लस टु देखिनै सोही अनुशार गाइड गर्छौं । होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीका लागि सैद्धान्तिक भन्दा प्रयोगात्मक कक्षा धेरै संचालन गर्छौं । प्रयोगात्मक कक्षाका लागि भगिनी संस्था पनि छन् । रियल वर्क नै गराउँछौं । देश विदेशमा रहेका तारे होटलमा काम गर्नसक्ने बनाउछौं । कतिपयले काम गरिरहनु भएको छ । बैकिङ सेक्टरमा जान चाहने विद्यार्थीका लागि सोही अनुशार गाइड गर्छौं । इन्टर्नसिपमा पठाउँछौं ।

एसइई पछि प्लस टु अध्ययनलाई कसरी हेर्नुहुन्छ ?
प्लस टु को अध्ययन भनेको विद्यार्थीका लागि धेरै महत्वपूर्ण पाटो हो । विद्यालय तहमा बेसिकखालको करिकुलम हुन्छ । वातावरण पनि फरक हुन्छ । युनिभर्सिटीमा अलि धेरै स्पेसिफाई करिकुलम हुन्छ । यो दुई तहलाई जोड्ने भनेको प्लस टु ले हो । लाइफ बन्ने वा बनाउनमा भुमिका खेल्ने भनेको यो २ वर्ष नै हो ।

अन्त्यमा विद्यार्थीलाई के भन्न चाहनुहुन्छ ?

विद्यार्थीले आफ्नो इच्छा तथा रुची अनुसारको विषय तथा कलेज छान्नुपर्छ । विद्यार्थीले भविष्यमा गर्न चाहने काम के हो, इच्छा के मा छ, सो क्षेत्र फाइन्डआउट गर्नपर्छ । जुनसुकै कोर्ष सजिलो पनि छ र अप्ठ्यारो पनि छ । यो विद्यार्थीको इन्ट्रेष्टमा भर पर्ने कुरा हो । आफूले छनोट गरेको कलेजले आपूmले पढ्न चाहेको विषयलाई कसरी प्रस्तुत गरेको छ त्यसमा ध्यान दिनुपर्छ । कलेजको उद्देश्य के छ त्यो ख्याल गर्नुपर्छ । व्यक्ति, समाज जे बनाउने भनेपनि सबैकुरा राम्रो बनाउने भनेको शिक्षाले नै हो । शिक्षा लिनु भनेको औपचारिक शिक्षा अध्ययन गर्नु मात्र होइन । आफ्नो ज्ञान, सिप विकास गर्नका लागि शिक्षाको प्रयोग गर्नुपर्छ । पढाईलाई देखाउनका लागि मात्र लिनु हुँदैन ।

You might also like

Comments are closed.