सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरीय कार्यक्रम लेखनाथमा हुने

पोखरा । सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरीय कार्यक्रम गण्डकी प्रदेशको लेखनाथमा हुने भएको छ । लेखनाथ उद्योग उद्योग वाणिज्य संघको हलमा चैत १८ गते शनिबार कार्यक्रम हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको नेशनल रोड सेफ्टी काउन्सिलको आयोजना, नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल)को संयोजनमा हुने कार्यक्रमको स्थानीय आयोजकमा लेखनाथ उद्योग वाणज्य संघ र आर्थिक आवाज पत्रिका रहेका छन् ।

नेपाल सरकारले तयार गरेको ‘रोड सेफ्टी एक्सन प्लान २०२१–३०’ को बारेमा छलफल, प्रदेश स्तरीय सडक सुरक्षा अभियानहरुको बारेमा जानकारीका साथै प्रदेशमा रहेका पेशागत तथा स्वयमसेवी संघसंस्थाहरुका प्रतिनिधिलाई सडक सुरक्षा सम्बन्धी अभिमुखीकरण गरिने कार्यक्रम रहेको आर्थिक आवाजका सञ्चालक सुरेन्द्र पौडेलले जानकारी दिए ।

jutta mela

त्यसका साथै नेपालमा भयाबह समस्याका रुपमा रहेको दुई पाँग्रे सवारी साधन (मोटर साइकल र स्कुटर¬) चालक र यात्रुको सुरक्षा, सुरक्षित हेलमेट र डबल हेलमेटको आवश्यकता, पैदल यात्री र ह्विलचियर प्रयोगकर्ताको सुरक्षित आवागमनको उपाए तथा सुरक्षित यातायातको लागि पेशागत व्यावसायिक, विज्ञ तथा नागरिक समुदायले गर्नुपर्ने भूमिकाको बारेमा समेत वृृहत छलफल गरिने कार्यक्रम छ ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेशनल एलाइन्स फर सेफ एण्ड सस्टेनेवल मोविलिटी नेपाल, नासा नेपाल, यातायात, इन्जिनियरिङ तथा जनस्वास्थ्य क्षेत्रका विज्ञहरुले कार्यपत्र पेस गर्ने कार्यक्रम छ । कार्यक्रममा समूह छलफल गरी पोखरा घोषणा पत्र जारी गरिनेछ । सडक सुरक्षा सम्बन्धी कार्यक्रमको निरन्नतरताकोे लागि कार्यसमूह समेत चयन गर्ने आयोजकको भनाइ छ ।

कार्यक्रम सहभागी हुन चाहनेहरुले यो लिंकमा गएर नाम दर्ता गर्न सक्नुहुनेछ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSeG0f3qD_6QHxpOu_MYcYzSGdeAbuWUsWI3PLKaG7YeCsjaZA/viewform

You might also like

Comments are closed.