समृद्धि फाइनान्सका ग्राहकलाई प्राउड नेपाल आईटी सप्लायर्समा विशेष छुट

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडका ग्राहकले प्राउड नेपाल आईटी सप्लायर्स प्रा.लि.पुतलिसडकमा बिशेष छुट पाउने भएका छन् । फाइनान्स र कम्पनीबीच बिहीबार सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त सम्झौतो मिति २०८० माघ २६गतेदेखि २०८१ माघ २५ गतेसम्म लागु हुने छ । समृद्धि मोबाइल बैकिङ, डेविड कार्ड तथा क्युआर प्रयोग गरि सप्लायर्समा नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आई टि सम्बन्धित वस्तु खरिद गर्दा तथा मर्मतसंम्भार गर्दा ग्राहकले बिशेष छुट पाउने छन् । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ ।

सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट उप प्र्रमुख कार्यकारी अधिकृत गोकण प्रसाद दुवाडी र प्राउड नेपाल आईटी सप्लायसका तर्फबाट संस्थापक श्याम रेग्मीले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

फाइनान्सका सम्पुर्ण ग्राहकहरुले प्राउड नेपाल आईटी सप्लायर्समा मर्मतसंम्भारमा १५% र कुनै पनि ब्रान्डका नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आई टि सम्बन्धित वस्तु खरिद गदा १% छुट प्राप्त गर्नेछन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.