काठमडौं । समृद्धि फाईनान्सको औरही शाखाले बृक्षारोपण कार्यक्रम गरेको छ । ब्रम्स्थान मन्दिर र जनता आधारभूत स्कूल औरही १ परिसरमा विभिन्न फलफुल र फुलका २७ वटा विरुवा लगाइएको छ ।
साउन पहिलो साताबाट बृक्षारोपण कार्यक्रम सुरु भएको हो । साउन महिनाभर फाईनान्सका अन्य शाखाबाट पनि बृक्षारोपण गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।
समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
साथै मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको फाइनान्सले जनाएको छ ।
Comments are closed.