काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड इटहरी शाखा कार्यालयले दोश्रो बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा शाखाका शाखा प्रबन्धक रमेश राईले समृद्धि फाइनान्समा गरेको विश्वास र साथको लागि धन्यवाद दिए । साथै आगामी दिनमा पनि फाइनान्सले सहयोगको अपेक्षा राखेको बताए ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले स्थानीय व्यापारीहरु, वचतकर्ता, बुद्विजिवि लगायतको सहभागीतामा कार्यक्रम गरेको हो । कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं ६ का वडाध्यक्ष दिवस पोखरेलले संस्थाको प्रगतिको कामना गरेका छन् ।
समृद्धि फाइनान्सले हाल १३ वटा शाखामार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको छ ।






Comments are closed.