समृद्धि फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार १ गते देखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ ।

फाइनान्सले असार महिनाका लागि निक्षेपमा ५.२५ देखि ६.२५ , रेमिट्यान्स बचत खातामा ७.२५ प्रतिशत, व्यक्तिगत मुद्दती निक्षेपकतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ७.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

फाइनान्सले व्यक्तिगततर्फ ३ देखि ६ महिना अवधिका लागि ७.२५ प्रतिशत, ६ महिना देखि ९ महिना अवधिका लागि ७.५० प्रतिशत, ९ महिना देखि १ वर्ष अवधिका लागि ७.७५ प्रतिशत, १ वर्ष देखि २ वर्ष अवधिका लागि ८ प्रतिशत र २ वर्ष देखि माथिका लागि ८.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै संस्थागततर्फ ६ महिना देखि ९ महिना अवधिका लागि ६.५० प्रतिशत, ९ महिना देखि १ वर्ष अवधिका लागि ६.७५ प्रतिशत १ वर्ष देखि २ वर्ष अवधिका लागि ७ प्रतिशत र २ वर्ष देखि माथिको अवधिका लागि ७.२५ प्रतिशत ब्याजदर तोकेको छ।

समृद्धि फाइनान्सले हाल १३ वटा शाखाहरु मार्फत नगद कारोवार, आर टि जि एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निःशूल््क प्रदान गरिरहेको छ । रासस

You might also like
Ram Tulasi Palpa

Comments are closed.