काठमाडौं । समृद्धि फाइनान्समा नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदमा गोकर्ण प्रसाद दुवाडी नियुक्त भएका छन् । फाइनान्सकोे सञ्चालक समितिको बैठकले दुवाडीलाई डिसीईओ नियुक्त गरेको हो ।
वित्तीय क्षेत्रको व्यवस्थापकीय भूमिकामा रही करिब १८ बर्षभन्दा बढी लामो अनुभव संगालेका दुवाडीले यस भन्दा अगाडि नेको इन्सोरेन्स लिमिटेडमा प्रमुख व्यवस्थापकको रुपमा रही कार्य गरेका थिए ।
साथै, हालै सो संस्थाका प्रमुख व्यवस्थापक विनोदराज पौडेल नायव महाप्रबन्धक पदमा बढुवा भएका छन् । समृद्धि फाइनान्सले मुद्दति निक्षेपको योजनाअन्तर्गत ६६ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।
यसका साथै फाइनान्सले ८ वर्ष ८ महिनामा पैसा तेब्बर, १२ वर्ष ८ महिनामा पैसा पाँच गुणा र १६ वर्ष ५ महिनामा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सञ्चालनमा ल्याएको छ ।
Comments are closed.