काठमाडौं । यो वर्षको विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो वृहत साइकल ¥याली आयोजना गर्ने भएको छ ।
जेठ २० गते(आगामी शनिवार) बिहान ७ बजे बैंकले ‘सांग्रिला साइकल र्यालीकाे २०८०’ आयोजना गर्ने भएको हो ।
बिहान ७ बजेदेखि सांग्रिला बैंकको बालुवाटार स्थित केन्दि«य कार्यालय अगाडिबाट कार्यक्रमको सुरुवात हुनेछ । ¥यालीले शहरका मुख्य भागको परिक्रमा गर्नेछ ।
करिब एक घण्टा पछि सानो गौचरणको चौरमा गएर सो ¥याली समाप्त हुने बैंकले जनाएको छ ।
अघिल्लो वर्षको र्यालीमा बैंकका कर्मचारीहरु मात्र सहभागी थिए । तर, यस पटक भने विभिन्न क्षेत्रका ३०० बढी साइकल प्रेमीहरुको सहभागीता हुने बैंकको अपेक्षा छ ।
साइकल र्याली सहभागी प्रथम ३०० सहभागी सबैलाई टिसर्टको व्यवस्था गरिएको साथै सहभागीहरु मध्ये एकजनालाई लक्की ड्रबाट साइकल उपहार समेत दिइने बैंकका सूचना अधिकारी श्री अपूर्व प्रशाद जोशी ज्यूले जानकारी दिनुभएको छ । यस्तै, ¥यालीमा सहभागी सम्पूर्ण सहभागीलाई एउटा–एउटा बिरुवा उपहार दिइनेछ ।
साइकल र्यालीमा सहभागीताका लागि बैंकले अनलाइनबाट रजिष्ट्रेसन गर्न पाउने व्यवस्था समेत गरेको छ ।
साइकल र्याली कार्यक्रमको लागि ह्वाइट फेदर कम्युनिकेसन्स, स्क्वायर एटिन् , साइन प्रो, एक्सियम नेपाल प्रालि, एडवान टेक ट्रेड लिंक, आरडी सप्लायर्स, वल्र्ड डिस्ट्रिब्युसन नेपाल प्रालि, क्यापिटल कन्स्ट्रक्सन प्रालि, नेपाल एयर कन्डिसनिङ सर्भिस, राज ट्रेडिङ कन्सर्न संस्थाहरुको समेत सहयोग रहेको छ ।
बैंकले यस पटक डेभलपमेन्ट बैंककोे छाता संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान) सँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो ।
सांग्रिला डेभलपमेन्ट बैंकले अघिल्लो वर्षको विश्व वातावरण दिवसमा पनि साइकलर् याली आयोजना गरेको थियो ।
Comments are closed.