सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा जनज्योती माविका विद्यार्थीलाई झोला तथा स्टेशनरी वितरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड काठमाडौंले विद्यालय झोला, कापी र कलम वितरण गरेको छ । बैंकले त्रियुगा नगरपालिका ७ चुहाडे स्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला, कापी, कलम वितरण गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कक्षा ४ र ५ का विद्यार्थीलाई एक सय थान झोला, कक्षा ४, ५, ९ र १० का विद्यार्थीलाई एक सय थान कापी र कलम वितरण गरेको बैंकले जानकारी दिएको छ । सोही अवसरमा कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

बैंकको तर्फबाट लघुवित्त विभागीय प्रमुख कर्णबहादुर कार्की तथा इटहरी क्लष्टर प्रमुख उमेश खड्का र जनज्योति माध्यमिक विद्यालयका अध्यक्ष उद्घब काफ्ले, प्रधानाध्यापक धर्मानन्द खतिवडा लगायतको सहभागितामा झोला तथा कापी, कलम वितरण गरिएको हो ।

यस्ता कार्यक्रमले विद्यार्थीलाई पठनपाठनमा सहजता ल्याउने हुनाले झोला, कापी र कलम वितरण तथा वित्तीय साक्षरताबारे जानकारी दिइएको बैंकले जनाएको छ । मुलुकभर ११२ शाखा कार्यालय, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

 

 

You might also like

Comments are closed.