काठमाडौं । सानिमा बैंकले आजबाट ५१ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले कात्तिक १६ गते बुधबारदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको ५१ लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।
उक्त बिक्रीको लागि खुला गरिएको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १४५ रुपैयाँ तोकिएको छ । खरिदकर्ताहरुले यसै मूल्यलाई आधार मानेर आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
कात्तिक २३ गतेसम्म आवेदन दिने म्याद रहेको छ । यसमा व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।यसमा न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
लगानीकर्ताले सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन फारम बुझाउन सक्नेछन् ।यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
Comments are closed.