सहकारी मेरो गन्तव्य……..

सरस्वती भुजेल
सेवाकेन्द्र प्रमुख, दुलेगौडा
पोखरा रोयल साकोस

आज भन्दा ठिक एक वर्ष अगाडी जीवन एक यात्रा हो, तर म भन्छु जीवन यात्रा मात्र होइन, जीवन गन्तव्य तर्फको यात्रा हो । “Life is journey towards destination “भन्दै मैले पोखरा रोयल सहकारीको यात्रा प्रारम्भ गरेको थिएँ । आज म जुन स्थानमा छु सन्तुष्ट छु र थप आत्मवल वढेको छ सहकारीमा रहेर पनि केही गर्न सकिन्छ भन्ने कुरा । हुनत मेरो आज भन्दा ३ वर्ष अगाडी नै सहकारीको यात्रा प्रारम्भ भएको थियो तर गत वर्ष सम्म म सहकारी क्षेत्रमा रहन्छु या अर्को क्षेत्र मा जान्छु भन्ने कुराको निश्चित थिएन तर आज म सहकारी क्षेत्र छोडेर अन्यत्र जादिन भन्ने निश्चित गरेकी छु । यसका पछाडी धेरै काराणहरु छन् तिनलाई अगामी दिनमा सवै सामु पस्कने नै छु । आज संक्षिप्तमा मैले के सिके भन्ने कुरा राख्न गईरहेकी छु ।

सिमित परिधिमा बसेर काम गर्नु, फराकिलो परिधि, कार्यक्षत्र, सहकारीको मर्म र परिभाषामा रहि कार्य गर्नु र हरेक चुनौतिको सामना गर्नु नितान्त फरक कुरा रहेछ । सहकारी केवल नाफामूलक संस्था होईन, सामाजिक उत्तरदायित्व, प्रत्येक सदस्य र समाजप्रति समय सापेक्ष दायित्व र सम्बन्ध यहि आएर सिक्ने मौका पाए । यहि संस्थामा आवद्व भएर विभिन्न सभा समारोह, सेमिनार तालिम गोष्ठिले थप ज्ञान, अनुभव, आत्मबल वृद्धि गर्ने अवसर र समयानुकुल उचित निर्णय लिन सक्ने बनाएको छ । संस्थाले दिएको कार्ययोजना र लक्ष्य अनुरुप कार्य सम्पादन गर्दा थुप्रै चुनौति र कठिनाई नभएका होईनन् तर विभिन्न तालिम, संचालक समिति, लेखा समिति, सल्लाहकार ज्युहरु, उपसमिति, उच्च व्यवस्थापन समूह, सहकर्मी साथीहरु, शेयर सदस्य ज्युहरु, शुभचिन्तक र मेरो घर परिवारको साथ सहयोग र मार्गदर्शनले आफ्नो कार्यभार पूरा गर्न सफल भएको महशुश गरेकी छु । यस अवसरमा यि सम्पूर्ण हातहरुलाई हृदय देखि आभार प्रकट गर्न चाहन्छु ।

jutta mela

विगतमा मैले सहकारी यात्रा प्रारम्भ गरेको र कार्य अनुभव बटुल्ने अवसर प्रदान गरेका संस्थाहरु प्रति पनि अभारी छु । ज्ञान, सिप र कार्यको कुनै निश्चित परिधि नहुदो रहेछ निरन्तर प्रक्रिया अगाडी बढ्दै सिक्ने क्रम जारी नै छ र रहनेछ । सोहि अनुरुप आफ्नो कार्य सम्पादनलाई पनि अझ निखारेर संस्थाको हित, कार्ययोजना र लक्ष्य प्राप्तिको लागि आफ्नो सम्पूर्ण ज्ञान, अनुभव र समय लगाउन पर्ने नै रहेछ । यस वर्षको कार्यअनुभव म शब्दमा उतार्न अझ असफल भएको अनुभव गर्दै छु । सुशासनयुक्त समुदायमा आधारित सहकारी अभियानमा नेतृत्व लिन सक्षम नेपालको उत्कृष्ठ सहकारी संस्थाको भिजन सहित अगाडी बढेको पोखरा रोयल बचत तथा ऋण सहकारी संंस्था लिमिटेडले गरेको सदस्य मैत्री कारोवारबाट अत्यन्त प्रभावित भएकी छु । सायद कारोवारको आधारमा प्रतिफल होस वा महामारीमा सदस्यलाई दिएको व्याज छुटको कुरा होस यस्ता थुप्रै कुराहरुले मेरो मनमा डेरा जमाई रहेको छ । समयसगै अगाडी बढ्ने क्रममा यो एक वर्ष वितेको पत्तै भएन । अगामी दिनमा सम्पुर्णको साथ र सहयोगले गर्दा मेरा गन्तव्य मा सुनौलो अक्षरले लेखिने अपेक्षा गरेकि छु । मेरो सहकारी यात्रा र व्यक्तिगत उद्देश्य यथार्थ रुपमा सार्थक भएको महशुश गरेकी छु ।
जय सहकारी!!!

You might also like

Comments are closed.