अनलाइन टु अफ्लाइन (ओ टु ओ) इकमर्सको उद्देश्यले स्थापित, ७० वटा आउटलेट रहेको नेपालकै ठुलो रिटेल चेन स्टोर साथीमार्ट आईएसओ ९००१:२०१५ प्रमाणित भएको छ।
आईएसओ ९००१:२०१५ भनेको क्युएमएस (गुणस्तर व्यवस्थापन प्रणाली) को अन्तर्राष्ट्रिय प्रमाणीकरण हो।
साथीमार्टले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ र स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।
आईएसओबाट प्रमाणित भएसँगै विश्वसनीय उत्पादन तथा वितरण, गुणस्तरीय सेवा, उच्च व्यवस्थापनको स्तर लगायतका कुरामा ग्राहकहरु बिस्वस्त हुन सक्ने पोखरेलले बताए ।
साथीमार्टलाई १६ अप्रिल २०२१, आइएसओ स्ट्यान्डर्ड प्राप्त भएको हो।गत भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरु गरेको साथीमार्ट रिटेल चेनमा नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन हो जुन नेपालका प्राय ठुला सम्पूर्ण सहरमा ७० आउटलेट सहित फैलिएको छ ।




Comments are closed.