साटो ब्राण्डका उत्पादनहरु गण्डकी प्रदेशका बजारमा

पोखरा । विश्व बजारमा उपभोक्ताको विश्वास जित्न सफल टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो ब्राण्डका विभिन्न उत्पादनहरु आजदेखि गण्डकी प्रदेशका बजारमा बिक्री वितरण शुरु भएको छ । भारतमा उत्पादन हुने साटो ब्राण्डका उपात्दनहरु गण्डकी प्रदेशको लागि आधिकारीक विक्रेता ए बी सी एल सप्लायर्स प्रालि पोखराले पाएको छ ।

कम्पनीले आज देखि गण्डकी प्रदेशमा व्यवसायीक कारोवार शुरु गरेको छ । नेपालमा यसको आधिकारीक विक्रेताको जिम्मेवारी भने काठमाडौंमा रहेको ट्राईनोक्स कम्पनीले पाएको छ । ट्राईनोक्स कम्पनीका प्रेशिडेन्ट सेल्स् एण्ड मार्ककेटिङ्ग विवेक शर्माले एक कार्यक्रमका बीच पोखराका साटो ब्राण्डका उत्पादनहरु गण्डकी प्रदेशमा डिलरहरु मार्फत बिक्री वितरणका लागि आधिकारीक विक्रेताको रुपमा रहेको ए बी सी एल सप्लायर्स प्रालि पोखरालाई सामान हस्तान्तरण गर्दै व्यवसायीक कारोवार शुरु गरेका छन् ।

साटो ब्राण्डले विश्वभरका ग्राहकको मन जित्दै छोटो समयमै लोकप्रिय बनेको छ । भारत, चीन, हङकङ, कतार, दुवई र हाल नेपालसम्म आफ्नो बजार विस्तार गरेको साटोले घरघरमा प्रचलित नाम कमाएको छ । टाँस्ने र जोड्ने उत्पादनको पर्याय बनेको साटो ब्रान्ड बजारमा विश्वसनीयता र स्थायीत्वको प्रतिमूर्ति बन्न सफल भएको छ ।

अत्याधुनिक उत्पादन एकाइहरू र उच्चस्तरीय प्रविधिको प्रयोग गर्दै साटोले मिक्सिंग, ब्लेन्डिंग, र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट गुणस्तरीय उत्पादनहरू सुनिश्चित गरेको छ । अनुसन्धान र विकासको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै साटोले नयाँ चिपकने उत्पादनको आविष्कार र सुधारमा निरन्तर काम गरिरहेको कम्पनीका प्रेशिडेन्ट सेल्स् एण्ड मार्ककेटिङ्ग विवेक शर्माले बताए । साटोले उद्योगका नयाँ प्रवृत्तिहरू र ग्राहकको आवश्यकता सम्बोधन गर्ने उद्धेश्यले आफ्ना उत्पादनलाई गुणस्तरीय बनाउँदै लगेको शर्माको भनाइ छ ।

ट्राईनोक्स कम्पनीले यसअघि घटस्थापनाको अवसर पारेर काठमाडौं तथा विरगञ्जमा व्यवसायीक कारोवार शुरु गरेको थियो । अत्याधुनिक उत्पादन एकाइहरू र उच्चस्तरीय प्रविधिको प्रयोग गर्दै साटोले मिक्सिंग, ब्लेन्डिंग, र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट गुणस्तरीय उत्पादन गर्दै आएको छ । अनुसन्धान र विकासको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै साटोले टाँस्न प्रयोग हुने उत्पादनहरूको आविष्कार र सुधारमा निरन्तर काम गरिरहेको छ ।

साटो उत्पादनहरूको विशेषताहरूमा क्रसलिङ्किङ टेक्नोलोजी, २ प्रतिशत अतिरिक्त ठोस सामग्री, उच्च कभरेज, छिटो सेटिङ समय र डी ३ वाटरपुफ्र समावेश गरिएको छ । आफ्ना सामाग्रीको उत्पादन र बजरीकरणसम्मको क्रममा गुणस्तरमा कुनै सम्झौता नगर्ने कम्पनीको दाबी छ । आइएसओ प्रमाणपत्र समेत पाइसकेको साटोले युरोपियन स्टान्डर्ड २०२१ जस्ता प्रमाणपत्रहरू पनि प्राप्त गरेको छ ।

You might also like

Comments are closed.