काठमाडौं । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आइ.हब प्रा.लि ले एन–सिरीज अन्तर्गतको नयाँ ई–स्कुटर सार्वजनिक गरेको छ ।
अलि बढी पावरको साथ अझ प्रभावशाली, नाइनबट N100 एन सिरीज अन्तर्गत नेपाली बजारमा सार्वजनिक पहिलो ई–स्कुटर हो । N100 सहरी क्षेत्रको यात्रामा शैली, आराम र दक्षता ल्याउन डिजाइन गरिएको आधुनिक गतिशीलताको लागि नयाँ समाधान हो, जसले सवारी चालकहरुलाई नयाँ र उच्च स्तरको सुविधा प्रदान गर्दछ ।
सेगवेले ग्राहकहरुको उपस्तिथतिमै भर्खरै बजारमा ल्याउँदै गरेको N100 लगायत अन्य उत्पादनहरू अनुभव गर्नको लागि रमाइलो कार्निभल आयोजना गर्दैछ । कार्यक्रम माघ २७ देखि फागुन ५ गतेसम्म ललितपुरको झम्सिखेलमा हुनेछ । सहभागीहरूले सेगवेका नयाँ उत्पादनहरूको टेस्ट राइड गर्ने र सेगवेका अन्य नवीन उत्पादनहरूसँग रेसिंग सेगवेमार्फत अनुहारमा मुस्कान ल्याउने विशेष अवसर हुनेछ ।
सेगवे नाइनबटको N100 ७२ ईलेक्ट्रिक मोटरसाइकल हो, जसमा छिटो र प्रभावकारी यात्रा गर्ने उच्च कार्यक्षमता समावेश छ । N100 मा २२०० वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुशलेस मोटर जडित छ, जसले गर्दा एक पटकको चार्जमा १०५ कि.मी सम्मको यात्रा गर्न सकिन्छ ।
यो ई–स्कुटर एलईडी लाइट, डिजिटल डिस्प्ले र राईडी गो (RideyGo) जस्ता स्मार्ट टेक्नोलोजी सहित उत्कृष्ट सुविधाहरुले सुसज्जित छ, जसमा मोबाइल अनुप्रयोग मार्फत स्वचालित अनलक गर्ने वा स्कुटर पोजिसन गर्ने जस्ता कार्यहरुको लागि धेरै सेन्सरहरु छन् ।
Comments are closed.