सेती जलविद्युत परियोजनाको अनुगमन, स्थानीयबासी र सरोकारवालासँग अन्तरक्रिया

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती जलविद्युत परियोजनाका सञ्चालकहरुको समूहले स्थानीयबासीसँग छलफल तथा अन्तरक्रिया गरेको छ । वडा नं १, २, ३ र ४ का वडा अध्यक्षहरुसहित, सामाजिक निर्देशक र स्थानीयबासीसँग छलफल तथा अन्तरक्रिया भएको हो ।

उक्त अवसरमा बोल्दै परियोजनाका अध्यक्ष जगत पोखरेलले माछापुच्छ्रेमा परियोजना अगाडि बढाउँदा स्थानीयबासी र स्थानीय तहबाट राम्रो सहयोग प्राप्त भएको भन्दै धन्यवाद ज्ञापन गरे । परियोजना सफल बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने स्थानीयबासी तथा जनप्रतिनिधिहरुले बताएका छन् ।

त्यसैगरी प्रदेश प्रमुख कृष्णचन्द्र नेपाली पोखरेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम लगायतसँग पनि परियोजनाको टोलीले भेटघाट तथा छलफल गरेको छ । स्थानीय सामाजिक व्यक्तित्वहरु, पोखराका सञ्चालकहरु, वडा नं २ का सरकारी कार्यालय प्रमुखहरु, ट्राइ पार्टी (क्लाइण्ट, कन्सल्टेण्ट, सिभिल, एचएम, इएम कन्ट्राक्टर) को संयुक्त बैठक पनि सम्पन्न भइ आयोजनाको मास्टर सेडुल तयार लगायतको महत्त्वपूर्ण कार्यक्रमहरु सम्पन्न भएको अध्यक्ष पोखरेलले आर्थिक आवाजलाई जानकारी दिए ।

त्यस्तै सञ्चालक समितिको बैठक पनि सम्पन्न भएको छ । परियोजनामा स्पाइरल पाइप जोड्न (इरेक्सन) का लागि शिलन्यास, ट्राइ पार्टी र लगानीकर्ता सहित बैठक बसी मास्टर सेडुलबारे सहमति भएको छ । ‘सामुहिक रुपमा साइट भिजिट गरि आयोजनाको कार्य प्रगति अवलोकन तथा निरीक्षण भएको छ,’ पोखरेलले भने । डेढ वर्ष अगाडिबाट निर्माणाधीन परियोजनाको काम सिभिलतर्फ ४५ प्रतिशत भन्दा बढी सम्पन्न भइसकेको छ ।

र यो पनि

सेती नदी जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानिकल सामान उपलब्ध गराउन सम्झौता

सेती नदी जलविद्युत आयोजनाको सिभिलतर्फ ४५ प्रतिशत काम सम्पन्न

You might also like

Comments are closed.