काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको सांग्रिला क्विज २०८१ सम्पन्न भएको छ । काठमाडौंमा भएको प्रतियोगिताको फाइनल चरण अर्थात् ‘कन्ट्रि राउन्ड’ मा सहभागी १० टोलीमध्ये काठमाडौं क्लस्टरका सञ्जुकुमारी श्रेष्ठ र सुकीर्ति सुवेदी पहिलो तथा सुर्खेत सब–क्लस्टरका होमराज चौधरी र हेमन्त बीसी दोस्रो भइन् ।
पहिलो हुने सुवेदी र श्रेष्ठले जनही ६० हजार तथा दोस्रो हुने चौधरी र बीसीले जनही ४० हजार पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा विजेतासहित कन्ट्रि राउन्डमा पुगेका सबै प्रतिस्पर्धीलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले पुरस्कार र मायाको चिनो प्रदान गरेका हुन् ।
कन्ट्रि राउन्डमा इटहरी, काठमाडौं, नेपालगञ्ज र पोखरा क्लस्टर तथा वीरगञ्ज, बुटवल, चितवन, दाङ, धनगढी र सुर्खेत सब क्लस्टरका दुई दुई जना गरी २० जना प्रतिस्पर्धि रहेका थिए । कन्ट्रि राउन्ड अघि सञ्चालन गरिएका ब्रान्च राउन्ड र क्लस्टर राउन्डमा उत्कृष्ट भएकाहरू कन्ट्रि राउन्डका लागि छनोट भएका थिए ।
ब्रान्च राउन्डमा ४७६ जना र क्लस्टर राउन्डमा १९६ जनाले प्रतिस्पधा गरेको बैंकले जानकारी दिएको छ । यस बैंकले वि. सं. २०८० बाट ‘सांग्रिला क्विज’ सञ्चालन गर्दै आएको छ । कार्यक्रममा बैंकमा लामो समय सेवा गरेको कर्मचारीलाई सम्मान पनि गरिएको छ ।
बैंकले हाल मुलुकभर ११२ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक आगामी दिनमा आफ्नो सेवालाई अझ गुणस्तरीय बनाउँदै लैजाने प्रतिवद्धता जनाएको छ ।
Comments are closed.