सांग्रिला डेभलपमेन्ट बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका अनुसार संस्थापक सेयरधनी सेम राज शाक्यले आफ्नो नाममा रहेको ५० हजार संस्थापक सेयर बेच्न लागेका हुन् ।

उक्त बिक्री सेयर बैंकका अन्य संस्थापक सेयरधनीले वा अन्य व्यक्ति, कम्पनी वा संघ संस्था, कम्पनीहरुले खरिद गर्न सक्ने बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक जोकोहीले असोज २५ गतेबाट १५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय बालुवाटार आवेदन दिनसकिने बैंकले जनाएको छ । आवेदकले आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाएर आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

You might also like

Comments are closed.