सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार सम्पन्न साधारण सभाले कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको हाल कायम जारी तथा चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसाको ६.५२६३ प्रतिशत अर्थात २४ करोड ३६ लाख ९७ हजार १ सय २ रूपैयाँ ४७ पैसा बराबरको नगद लाभांश (कर सहित) र हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत अर्थात १४ करोड ९३ लाख ६२ हजार ७ सय ४० रुपैयाँ २२ पैसा बराबरको बोनस शेयर रहेको छ । यो प्रस्ताव पारित भए सँगै अब यस सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २ सय ४५ रुपैयाँ ७५ पैसा पुग्ने भएको छ ।

साधारण सभाले आगामी ४ वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति समेत निर्विरोध चयन गरेको छ । जसमा संस्थापक शेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्याम कुमार शर्मा तथा सर्वसाधारण शेयरधनीका तर्फबाट विष्णु प्रसाद ढकाल, कृष्ण प्रसाद रेग्मी र भावना अग्रवाल रहेका छन् । यसैबीच, आजै बसेको नव निर्वाचित सञ्चालक समिति सदस्यको बैठकले उज्ज्वल सत्याललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । साधारण सभाले आ.व.०८२÷८३ को वित्तीय विवरण सहित लेखा परीक्षक नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ ।

You might also like

Comments are closed.

Secret Link