हेटौंडा-काठमाडौं रुटमा थपिए किटोन ब्राण्डका १४ सिट क्षमताका इभी माइक्रो भ्यान

काठमाडौं । बाराको पथलैया, चितवनको ठोरी र मकवानपुरको हेटौंडाबाट काठमाडौंसम्म चल्ने गरि ३० वटा विद्युतीय माइक्रो भ्यान संचालनमा आएका छन् ।

यातायात ब्यवसायीहरुको समूह राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज व्यवासायी प्रालिलाई शशीला मोटर्सले ३० वटा किटोन ब्राण्डका १४ सिट क्षमताका इभी माइक्रो भ्यान हस्तान्तरण गरेको हो । बाराको पथलैयामा आयोजित समारोहमा गाडी हस्तानन्तरण गर्दै शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बिक्री पछिको सर्भिसलाई सहज बनाउनु आफ्नो प्राथमिकतामा रहेको बताए ।

खतिवडाले विद्युतीय सवारी वातावरण मैत्री मात्र नभएर यात्रु र ब्यवसायी मैत्री पनि रहेको भन्दै ब्यवसायीहरुलाई आवश्यक सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता पनि ब्यक्त गरे । सो अवसरमा सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले अहिलेको समयमा विद्युतीय गाडी निर्बिकल्प रहेको भन्दै ब्यवसायीहरुलाई सफलताको शुभकामना दिए । ‘इभी गाडीहरूले देशको ऊर्जा प्रणालीलाई अझ प्रभावकारी बनाउने र पर्यावरणमैत्री यातायातलाई प्रोत्साहित गर्नेछ, जुन देशको आवश्यकता हो,’ उनले भने ।

सेवाको सुरुवात भएको जानकारी दिंदै ब्यवसायीहरुले यात्रुहरुको सुविधा र गुणस्तरीय सेवा प्राथमिकतामा रहेको बताए । इन्धन खर्च बचत हुनाले विद्यीय गाडी दीर्घकालीन रुपमा ब्यवसायीको हितमा रहने उनीहरुको विश्वास थियो ।

You might also like

Comments are closed.